नेपाली कांग्रेसले गठन गर्‍यो अर्थतन्त्रमा कोरोनाको असरबारे अध्ययन गर्न बिशेष समिति



नेपाली कांग्रेसले देशको अर्थतन्त्रमा कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न अर्थतन्त्र केन्द्रित बिशेष समिति  समिती गठन गरेको छ ।गत बैशाख १७ मा सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असर बारे अध्ययन गर्न समितिहरु बनाउने निर्णय गरेको थियो ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका ब्यक्तिहारउ रहने गरि समिति गठन गरिएको नेपाली कांग्रेसले बिज्ञप्ती मार्फत जनाएको छ ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्ने र समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने बिज्ञप्तिमा जनाइएको छ ।

आजै नेपाली कांग्रेसले गठन गरेको छाया सरकारले आगामी आर्थिक वर्ष ०७७७८ को नीति, कार्यक्रम र बजेटसम्वन्धी पार्टी कार्यालय सानेपामा उद्योग, वाणिज्यलगायत सम्बन्धित क्षेत्रका छाता संस्थाहरूको नेतृत्वसँग अन्तर्क्रिया गरेको थियो ।

कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित बिशेष समिति-

१, संयोजक — डा . रामशरण महत
२, सदस्य — श्री महेश आचार्य
३, सदस्य — श्री ज्ञानेन्द्रबहादुर कार्की
४, सदस्य — डा . नारायण खड्का
५, सदस्य — डा . मिनेन्द्र रिजाल
६,, सदस्य — श्री चिनकाजी श्रेष्ठ
७, सदस्य — श्री दिपकुमार उपाध्याय
८, सदस्य — श्री भरत शाह
९, सदस्य — श्री उदय शमशेर राणा
१०, सदस्य — डा . पृथ्वीराज लिगल
११, सदस्य — डा . शंकर शर्मा
१२, सदस्य — डा . जगदीशचन्द्र पोख्रेल
१३, सदस्य — डा . गोविन्द पोख्रेल
१४, सदस्य — डा . स्वर्णिम वाग्ले

प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार  ८ : ३३ बजे