अहिलेको सरकार लम्पसारवादी भएको नेविसंघले आरोप लगाएको छ ।नेपालको भूमि लिपुलेक हुँदै भारतले चीनको मानसरोवर पुग्ने सडक निर्माण गर्दा गर्दा सरकार चुप बसेको भन्दै नेविसंघले यस्तो आरोप लगाएको हो।
अध्यक्ष राजीव ढुंगानाले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो सीमा मिचिँदा पनि थाहा नपाएझैं गरी चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले थप शसंकित बनाएको उल्लेख गरेका छन ।
चुनावका समयमा राष्ट्रियताका ठूला र खोक्रा नारा दिने यो सरकारको अहिलेको लम्पसारवादी प्रवृत्ति भारतको मिचाह प्रवृत्तिभन्दा पनि खतरनाक छ,’ ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।








