नेपाली भुमी रक्षाको लागी तत्काल कुटनीतिक पहल थाल्न सरकारसग तरुण दलको माग



नेपाल तरुण दलले सीमाको मुद्दा टुंगाउन सरकार गम्भीर नभएको जनाएको छ। सीमा रक्षा गर्ने प्रमुख दायित्व सरकारको भएपनि सरकार संवेदनशील नहुनु विडम्बना भएको तरुण दलले जनाएको छ।

भारतले गत शुक्रबार नेपालको भूमी लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले नेपाली नागरिकको आत्मामा गहिरो चोट पुर्‍याएको अध्यक्ष बस्नेतले जारी गरेको दलको विज्ञप्तीमा उल्लेख छ ।

सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई स्विकार्य नहुने तरुण दलले जनाएको छ ।

‘सरकारले कुनै पनि कूटनीतिक पहल नगर्नु र आधिकारिक धारणासमेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ,’ तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्ग बनाएको प्रति बस्नेतले आपत्ति जनाए। नेपाली भूमि रक्षा गर्न सरकारको लाचारीपन देखिएको तरुण दलले आरोप लगाएको छ

प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार  १२ : ५४ बजे