नेविसंघको नेतृत्वमा ७ विद्यार्थी संगठनले परराष्ट्रमन्त्रीलाई बुझाए ज्ञापन पत्र



भारतले नेपाली भुमिमा सडक बनाएकोमा विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीलाई ज्ञापन पत्र बुझाएका छन् ।नेविसंघको नेतृत्वमा प्रतिपक्षी ७ विद्यार्थी संगठनले मन्त्री ज्ञवालीलाई सयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको सयुक्त विज्ञप्तीमा उल्लेख छ ।
भारतीय मिचाह प्रवृत्ति खेदजनक भएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थी संगठनहरुले समस्या समाधानका लागि तत्काल पहल थाल्न पनि सरकारलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार  १२ : ०६ बजे