कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी चलेको छ। आइतबार करीब साढे ३ बजेदेखि हावाहुरी चलेको थियो। पश्चिम तराईको मौसममा एकाएक बदली भएको छ। कालो बादलले आकाश छोपेपछि कैलाली, कञ्चनपुरसहितका जिल्लाहरुमा दिउँसै अन्धकारजस्तो भएको थियो।
एक्कासी चलेको हावाहुरीपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिमी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद राजु प्रधानांगले सुदूरपश्चिमबाट न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको र यो बिस्तारै पूर्वी क्षेत्रमा प्रवेश गरिरहेको जानकारी दिए।
यसको असर सुदूरपश्चिम सँगै साँझ सम्ममा कर्णाली प्रदेश र प्रदेश ५ मा पनि देखिने महाशाखाले जनाएको छ ।
त्यस क्षेत्रमा ठुलो क्षतिको अनुमान गरिए पनि क्षतिको बिबरण भने आइनसकेको बताइएको छ ।










