नेपाली भुमिमा भारतले सडक बनाएर उद्घाटन समेत गरेपछी देशैभरी आक्रोश बढिरहेका बेला नेपाल सरकारले लिपुलेकबारे भारतलाई आधिकारिकरुपमै ‘कूटनीतिक नोट’ पठाएको छ ।
सोमबार भारतीय राजदूत विनय महोन क्वात्रामार्फत परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कूटनीतिक नोट पठाएका हुन ।
भारतले भने कोरोना भाइरस सङ्क्रमणको अहिलेको अवस्थाअ सकिए पछी मात्रै यस बिषयम कुरा गर्न सकिने बताएको बुझिएको छ ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछी नेपालमा भने दिनहु जस्तै प्रदर्शन हरु भइरहेका छन ।
Foreign Minister Hon. @PradeepgyawaliK conveyed Government of Nepal's position on boundary issues to Ambassador of India to Nepal H.E. Mr. Vinay Mohan Kwatra at a meeting held at MoFA today and handed over a diplomatic note in this regard.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 11, 2020














