नेविसंघ अध्यक्ष राजिब ढुंगानासहित माइतीघरबाट दर्जनौ बिधार्थी नेताहरु पक्राउ



नेपाली भुमिमा भारतले सडक उद्घाटन गरेको विरोधमा आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुंगानासहित महामन्त्रीहरु प्रभात दाहाल ,उर्मिला थपलिया,बलदेव तिमिल्सिना, युवराज पाण्डे,  दिपक भट्टराई,  र संघका अन्य दर्जनौ नेता कार्यकर्ताहरु काठ्माण्डौमा पक्राउ परेका छन ।

भारतले नेपाली भुमिमा सडक उद्घाटन गरेको बिरोधमा प्रदर्शनका क्रममा माइतिघर क्षेत्रबाट उनिहरु पक्राउ परेका हुन् । प्रदर्शनका क्रममा विद्यार्थीहरूले अतिक्रमित जग्गा फिर्ताको पहल गर्न आग्रह गर्दै नाराबाजी गरेका थिए ।

पक्राउका क्रममा नेबिसंघका पूर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेल घाइते भएका छन्। ढुंगेलको अनुहारमा चोट लागेपछि उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

पक्राउ परेका उनीहरूलाई प्रदर्शनिमार्ग स्थित महेन्द्र पुलिस क्लबमा राखिएको महामन्त्री उर्मिला थापालियाले बताइन ।

धरपकड गर्ने सरकारको रबैयले शान्तिपुर्ण बिरोध प्रदर्शन गर्न पाउने नागरिक अधिकारको धज्जी उडाएको थापालियाले बताइन ।

सरकारले गरेको धरपकडको भर्तसना गर्दै आन्दोलन जारी राखिने पनि महामन्त्री थपालियाले बताइन ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछी नेपालमा  दिनहु जस्तै प्रदर्शनहरु भइरहेका छन ।

नेपाली भुमिमा भारतले सडक बनाउदै गरेको बिषय सरकारको जानकारिमा रहेर पनि कुनै सार्थक पहल गर्न नसकेको भन्दै सरकार बिरुद्द बिधार्थि, नागरिक समाज र अन्य पेशाकर्मिहरु सहित आम नागरिकहरु आक्रोशित भएका छन ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  ११ : २८ बजे