कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित नभएकोप्रती खेद ब्यक्त गरेका छन ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडुले चालु अधिवेशनको सुरूदेखि नै प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै प्रधानमन्त्री के काममा व्यस्त हो भन्दै प्रश्न उठाए ।
‘अधिवेशन सुरु भएदेखि हालसम्म प्रधानमन्त्री संसदमा देखिनु भएको छैन,’ उनले भने, ‘मिडियाहरुमा भावी उत्तराधिकारी तोकेको सुनियो। यो कुन संविधानको व्यवस्था हो। उहाँको व्यवस्ता हो वा अन्य कुराले हो ? संसद जान्न चाहान्छ ?
प्रधानमन्त्री संसदमा उपस्थित भएर सरकार र प्राधानमन्त्री उपर उठेका प्रश्नको जवाफ दिनुपर्नेमा उनले जोड दिए ।








