तरकारीको मुल्य भिन्न भिन्न पाइएपछी डडेल्धुरामा वजार अनुगमन



देश लकडाउनमा रहेका वेला डडेल्धुराको सदरमुकाम वागवजारमा तरकारीको मुल्यमा भिन्नता भएको पाइएको छ । घरेलुतथा साना उद्योग विकास समिति डडेल्धुराको संयोजकत्वमा गठित जिल्ला वजार अनुगमन समिति डडेल्धुराले मंगलवार वजार अनुगमन गर्दा जिल्ला सदरमुकाम वागवजार सहितका अन्य वजारमा पशल पिच्छे मुल्यमा भिन्नता पाइएको हो ।

तरकारीमा टमाटर, काउली, प्याज, तिते करेला ,लगायतका तरकारीको मुल्यमा एकरुपता नपाइएको हो । लक डाउनका समयमा वजारमा हुन सक्ने कालोवजारीका साथै मुल्य वृद्धिको अवस्थाका वारेमा जानकारी लिनका लागि अनुगमन गरिएको अनुगमन समितिका संयोजक एवं घरेलु तथा साना उद्योग विकास समिति डडेलधुराका प्रमुख केशव भण्डारीले वताउँनु भयो ।

वजारमा खाध्यान्नका पशलमा उपभोग्य मिति नाघेका वस्तु पाइएको भएपनि लक डाउनका कारण व्यापारीलाई सम्झाई वुझाई उपभोग्य म्याद नाघेका वस्तुलाई पशलवाट हटाउनका लगाइएको समेत संयोजक भण्डारीले वताउनु भयो । ‘वजार अनुगमनको सुरुवात भएको र यो लक डाउन अवधीभर नियमित रुपमा अनुगमन गर्ने योजना रहेको, ’उनले भने । ‘अनुगमनको दोस्रो चरणमा पनि पशलमा उपभाभोग्य म्याद नाघेका वस्तु पाइएमा सम्वन्धीत व्यापारीलाई कारवाहीका लागि सरोकारवाला निकायलाई आग्रह गरिन्छ । ’

अनुगमनका क्रममा अधिकांस खाध्यवस्तुमा उपभोग्य मिति नाघेको पाइएको थियो । लक डाउनका समयमा हुन सक्ने कालोवजारीका साथै दैनिक उपभोग्य वस्तुको आयातको अवस्थाका वारेमा अनुगमन .गरि सरोकारवाला निकायलाई जानकारी दिनका लागि वजार अनुगमन शुरु गरिएको हो ।

जिल्ला सदरमुकाम वागवजार सहित स्याउले वजार,भातकाँडा वजारमा समेत अनुगमन गरिएको थियो । यसैगरी जिल्लाका ग्रामिण क्षेत्रमा रहेका प्रमुख वजारको पनि अनुगमन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  ९ : ५४ बजे