कांग्रेस नेता कार्की र लायन्स क्लबको सहकार्यमा सोलुखुम्बुमा स्वास्थ्य सामाग्री सहयोग



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीको अगुवाइ र लायन्स क्लब अफ काठ्मान्डौ क्यापिटलको सहयोगमा सोलुखुम्बु जिल्लाका स्वास्थ्य संस्थाहरुलाई बिभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको छ ।

सोलुखुम्बु जिल्लास्थित फाप्लु जिल्ला अस्पताल,सोलु दुधकुण्ड नगरपालिका , नेचा सल्यान गाउपालिका ,थुलुङ दुधकोशी गाउपालिका,महाकुलुङ गाउँपालिका, सोताङ गाउपालिका माप्य दुधकोशी गाउपालिका,लिखुपिके गाउपालिकाका सोलुखुम्बुका विभिन्न स्वास्थ संस्थामा अति आवश्यक स्वास्थ सामाग्री पिपिइ,थर्मलगन ,माक्स ,सेनिटाइजर,साबुन लगायतका सामाग्रीहरु सहयोगस्वरुप उपलब्ध गराइएको हो ।

जिल्लाभरिका स्वास्थ्य संस्थाहरुलाई जम्मा ५३ सेट पिपिइ,१४ वटा ज्वरो नाप्ने थर्मल गन ,४ हजार थान सर्जिकल मास्क,सेनिटाइजर र साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको हो ।जिल्ला स्थित केहि गाउपालिकाका स्वास्थ्य संस्थाहरुलाई जिल्ला समान्वय समितिका प्रतीनिधी मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो भने जिल्लाका केहि गाउपालिकाका स्वास्थ्यसंस्थाहरुमा नेता कार्की सहितको टोलिले स्वास्थ्य सामाग्री सम्बन्धित स्वास्थ्य संस्थाहरुमै पुगेर हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दै नेता कार्किले महामारी फैलिने खतरा रहेको अहिलेको अवस्थामा आम नागरिक र प्रतिकुल परीस्थितिमा पनि नागरिकहरुको सेवाका लागी स्वास्थ्य संस्थाहरुमा अग्र पङ्क्तिमा खटिने स्वास्थ्यकर्मिहरुको सुरक्षा पहिलो प्राथमिकता भएको बताए ।

सरकारले समयमै उचित ब्यबस्थापन गर्न नसक्दा अहिले कोरोना सङ्क्रमण रोकथाम र नियान्त्रण जटिल बन्दै गइरहेको बताउदै नेता कार्किले सरकारको मात्रै भर नपरेर आ-आफ्नो सुरक्षाका लागी सचेतता अपनाउन सबै जिल्ला बासिहरुलाई आग्रह समेत गरे ।

आवश्यकता हेरेर सोलुखुम्बु जिल्लामा थप सहयोग पुर्याउने प्रतिबद्दता ब्यक्त गर्दै नेता कार्किले सोलुखुम्बु जिल्ला र जिल्लाबासिहरुलाई सबै किसिमको सहयोगका लागी आफुले सक्दो सहोग जारी राख्ने प्रतिबद्दता दोहोर्याए ।

स्वास्थ्य सामाग्रीहरु हस्तान्तरणका क्रममा  सोलुखुम्बु कांग्रेसका शभापती बिनोद बस्नेत, कांग्रेस सोलुखुम्बुका नेता रामबहादुर बस्नेत, दुधकुण्ड नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दावागेलु पाख्रीन, लायन्स क्लब अफ काठ्मान्डौ क्यापिटल अध्यक्ष एबम समाजसेवी मन्दिरा बस्नेत कार्कि, नेपाली कांग्रेसकी नेत्री एककुमारी बस्नेत,गान्धिमाया तामाङ,कांग्रेस सोलुखुम्बु आबद्द अन्य नेताहरु र जिल्ला स्थित सरकारी कार्यलका प्रतिनिधी र नेविसंघका नेता दिनराज बास्तोला लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार  १२ : ३२ बजे