जनता कांग्रेससगै छन,पार्टी एकजुट हुन जरुरी : कांग्रेस नेता कार्की



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले आगामी निर्बाचनमा सोलुखुम्बु जिल्लामा कांग्रेसलाई बिजयी बनाउन पार्टिको एकतानै महत्वपुर्ण भएको बताएका छन ।नेपाली काङ्ग्रेस सोलुखुम्बु र नेपाली काङ्ग्रेस खुम्बुपासाङ्ल्हामुका भावी कार्यक्रम ,कृयाशिल बितरण र निकट भबिस्यमा आउन लागेको वडा,गाउपालिका,नगरपालिका ,प्रदेश र जिल्ला अधिबेशनका बारेमा छलफल गर्न आयोजित एक कार्यक्रममा बोल्दै नेता कार्किले जनता कांग्रेसकै पक्षमा रहदा पनि पार्टी ब्यबस्थित र एकताबद्द हुन नसक्दा बिगतमा पराजय भोग्नु परेको उल्लेख गर्दै आगामी दिनमा एकताबद्द हुनुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै नेता कार्किले जिल्लाका सबै नेता कार्यकर्ताहरु र आम जनताले पनि पार्टी एकजुट भएको हेर्न चाहेको र लगातार आवाज उठाइरहेकोले त्यस तर्फ नेतृत्वले ध्यान पुर्याउन जरुरी रहेकोमा जोड दिए ।उनले पार्टिका भात्री संस्था हरुलाई थप मजबुत बनाउदै सकृय बनाउन पनि आग्रह गरे ।पार्टी प्रतिपक्षमा रहेको भएपनी जिल्लाको बिकाश निर्माणका कामलाई गती दिन सबैले आफ्नो ठाउबाट लाग्नुपर्ने पनि कार्किले उल्लेख गरे ।

पार्टी कृयाशिल सदस्यता बितरणको बारेमा बोल्दै नेता कार्किले पार्टी निर्धारण गरेको मापदण्ड भित्र रहेर निरन्तर काम गरेका र पार्टिको बिचार एबम सिद्दान्तप्रती आस्थावान सबैले क्रीयाशिल सदस्यता पाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम बेल्जिएमका लागी नेपाली महाबाणिज्य दुत आङ छिरिङ शेर्पा,कांग्रेस सोलुखुम्बुका नेता राम बहादुर बस्नेत,नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोला,कांग्रेस सोलुखुम्बुका नेताहरु राजन बस्नेत, डोल्मा तामाङ, कर्मा शेर्पा, मनोज खड्का, चोलेन्द्र कार्कि, चुङ्बा शेर्पा,  फुनुरु शेर्पा,त्रीभुवन बिश्वबिधालयका प्राध्यापक केशब निरौला , नेबिसंघका नेता दिनराज बास्तोला लगायतले आ-आफ्ना धाराणा राखेका थिए ।

नेपाली काङ्ग्रेस खुम्बुपासाङ्ल्हामुका युबाहरुको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार  ५ : ५७ बजे