कोरोनाविरुद्धको चिनियाँ खोपको ५० हजार जनामा तेस्रो परीक्षण गरिदै



चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो। उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो।

कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ।

प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार  १० : ४१ बजे