काठमाडौं । कोरोना भाइरस महामारीका कारण बन्द रहेका सिनेमाघर खुल्ला गर्ने निर्णय गरेको छ । भारतको पश्चिम बंगाल सरकारले लाई अक्टुबर १ देखि सिनेमाघर खोल्न दिने निर्णय गरेको हो ।
राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले ट्विट गर्दै सिनेमाहलका अलावा रंगमञ्च, संगीत, नृत्य तथा जादूसम्बन्धी क्रियाकलाप गर्ने अनुमति पनि जानकारी गराएकी हुन् ।
यस्तै एकपटकमा ५० वा सोभन्दा कम संख्यामा पनि मानिसहरू जमघट गर्न पाउनेछन्।
यसैगरी सबै क्षेत्रमा सामाजिक दूरीको पालना, मास्कको प्रयोग र रोकथामका नियमहरूको अनिवार्य पालना गर्नुपर्नेछ।
मार्चदेखि सुरू भएको लकडाउनका कारण भारतभरका सिनेमा हल बन्द रहँदै आएको छ।
बन्द सिनेमा हल खोल्न दिने बंगाल पहिलो भारतीय राज्य हो।










