सांसद केसीको निधनप्रती कांग्रेस महामन्त्री डा . शशाङ्क कोइरालाद्वारा दुख ब्यक्त



कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रती गहिरो दुख ब्यक्त गरेका छन ।

सामाजिक सञ्जाल फेसबुक मार्फत शोक सन्देश सार्बजनिक गर्दै कोइरालाले “केसी परिवार प्रति समवेदना तथा दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ” भनेका छन ।

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको गए राति पोखरास्थित् आफ्नै निवासमा निधन भएको थियो ।

६३ वर्षीया केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए। उनी समानुपातिक तर्फका सांसद हुन् । सामाजिक क्षेत्रमा पनि उनको उच्च योगदान रहेको छ ।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ३ : ५५ बजे