फ्रान्सद्वारा मालिमा हवाइ हमला , ५० आतंककारी मारिएको दाबी



फ्रांसले मालीमा आतंककारी समुहहरुमाथी हावाइ हमला गरेको छ ।

हमलामा करीब ५० आतंककारी मारिएको दाबी गरिएको छ ।

चार आतंकबादी पक्राउ परेको र उक्त संगठनले मालिमा सेनामाथी हमलाको योजना बनाइरहेको फ्रांसेली सेनाका प्रवक्ता कर्नल फ्रेडरिक बार्बरीले बताएका छन ।

फ्रांसले पछिल्लो हप्ता उक्त इलाकामा जिहादिहरु बिरुद्द अभियान शुरू गरेको थियो ।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ९ : २१ बजे