भर्खरै सम्पन्न विधानसभा चुनावको नतिजा अनुसार विहारमा नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने भएका छ । विधानसभा चुनावमा उनीको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ ।
भारतीय जनता पार्टी र जनता दल युनाइटेड जेडीयूको गठवन्धनले विहारमा चौथो पटक सरकार बनाउने गरि जीत निकालेको हो । चुनावी मतसर्वेक्षणहरुलाई गलत सावित गर्दै एनडीए गठवन्धन सरकार बनाउने अवस्थामा पुगेको हो।
२ सय ४३ सिटमा नितिशको दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीले एक सय २५ सिटमा जीत हासिल गरेको छ । यो बहुमतका लागि आवश्यक एक सय २२ सिटभन्दा केही बढी हो । तर, नितिशको दल जनता दल युनाइटेडले अघिल्लो चुनावमा भन्दा झण्डै आधा कम सिट ४३ मा जीत हासिल गरेको छ । केन्द्रको सत्तारुढ भारतीय जनता पार्टीलले विगतमा भन्दा बढी सिट जितेको छ ।
चुनाब पछी विहारमा भारतीय जनता पार्टीले गरेको पत्रकार सम्मेलन विहारका उपमुख्यमन्त्री शुसिल मोदीले एनडीए गठवन्धनले स्पष्ट बहुमत प्राप्त गरेको उल्लेख गर्दै नितिश कुमारको नेतृत्वमा सरकार बनाउने जनाएको छ ।
काँग्रेस आईसहितको विपक्षी गठबन्धनले ११० सिटमा जित हासिल गरेको छ । अन्यले आठ सिट जितेका छन् ।










