नेकपाको रडाको अब प्रदेशहरुमा सरेको छ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले प्रदेश १ मा संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको निर्णय गरेसगै मुख्यमन्त्री राईले पनि १५ जना सांसदलाई निलम्बन गरेका छन् ।
बिहिबार राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्।
मुख्यमन्त्री राईले निलम्बन गरेका प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।










