राष्ट्रिय मानव अधिकार आयोगले ओखलढुंगामा ३० जना पत्रकारलाई मानव अधिकार र पत्रकारिता सम्बन्धी तालिम दिएको छ । ओखलढुंगा, खोटाङ र सोलुखुम्बु गरी तीन जिल्लाका विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारलाई तालिम दिएको हो ।
पत्रकार मानव अधिकार रक्षक पनि भएकाले उसले सम्प्रेशण गरेका समाचारहरु पूर्ण मानव अधिकारमैत्री हुन सकुन भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । समाजमा घट्ने अपराध, ज्यादती र मानव अधिकार उल्लंघनका घटनाका विषमा समाचार लेख्दै गर्दा कतिपय सन्दर्भमा मानअधिकार मैत्री नहुँने वा मानव अधिकार उल्लंघन र अपराधलाई छुट्याउन समस्या हुने गरेको भन्दै तिa विषय बस्तुलाई एक्कीन गर्नसक्ने बनाउन आयोगले यस्ता तालिमहरु राख्ने गरेको राष्ट्रिय मानव अधिकार आयोगका सह सचिव टिकाराम पोखरेलले बताउनुभयो ।
वाहाले मानव अधिकारको विश्वव्यापी मान्यता र विकास क्रम, नेपालको सन्दर्भमा मानवअधिकारको अवस्था तथा आवश्यक्ता र पत्रकारहरुले समाचारमा मानवअधिकारको पक्षलाई उठाउने विषयमा समेत जानकारी गराउनुभयो । मानव अधिकारको हननका विषयमा वकालत गर्न अन्य मानव अधिकारकर्मी भन्दा पत्रकार सधैँ एक कदम अगाडि हुने भन्दै पोखरेलले पत्रकार र मानव अधिकारकर्मीको मुख्य सरोकारको विषय भनेको मानव अधिकारको रक्षा गर्नुभएको बताउनुभयो ।
छलफलमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले पत्रकारितासंगै शुशासन जोडिएकाले सेवा प्रदायक निकायका जिम्मेवार पदाधिकारीहरुलाई निरन्तर खवरदारी गर्नु पर्ने बताउनुभयो । आफुले गरेका शुशासन र जनमैत्री कामको विवरण पेश गर्दै पौडेलले प्रमुख जिल्ला अधिकारी लगायत नागरिकको सेवा प्रवाहमा खटिएका सबै कार्यालय तथा जनप्रतिनिधिहरु लाई सञ्चार माध्याम बाट खवरदारी संगै सुझाव दिन आग्रह गर्नुभयो ।
गैरन्यायिक हत्या, वेपत्ता, यातना, विस्थापन लगायतका विषयहरु मानव अधिकार उल्लंघनका घटना मात्र नभई पत्रकारका लागि उच्च प्राथमिकतामा पर्ने समाचारको विषय भएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ शाखा कार्यालय प्रमुख श्यामबाबु काफ्लेले बताउनुभयो । सबै अपराध माव अधिकार उल्लंघन भित्र नपर्ने तर सबै मानव अधिकार उल्लंघनका घटनाहरु अपराध नै भएको उपसचिव काफ्लेले जानकारी दिनुभयो ।
दुइ दिने तालिममा तीनै जिल्लाका १० जनाका दरले ३० पत्रकार सहभागि भएका थिए । माथिल्लो सगरमाथा अन्तरर्गतका तिनै जिल्लामा मानव अधिकार र पत्रकारिता सम्बन्धी हाल सम्म कुनै तालिम भएको थिएन् । पत्रकारले समाचार प्रकाशन प्रसारण गर्दा कसरी मानव अधिकारमैत्री बनाउन सकिन्छ भन्ने विषयमा तालिमले सहयोग पुर्याएको सहभागि पत्रकारहरुले बताएका छन् ।










