प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र प्रचन्ड – नेपाल पक्षधरबिच विवाद कायमै रहेको छ। दाहाल र नेपाल पक्षले प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि बैठक कसरी अघि बढ्नेछ भन्नेमा चासो बढेको छ।
यस अघी सत्तारुढ दल नेकपाभित्र देखिएको विवादका कारण बैठकले निरन्तरता पाउन सकेको छैन। यसअघि माघ ७ गते बोलाइएको पहिलो बैठक विवादकै कारण प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र पढेर स्थगित भएको थियो।










