जिल्ला सदरमुकाम र आसपासका बजार क्षेत्र तथा पार्क परिषरमा हुने सक्ने अवान्छीत गतिविधि लाई प्रहरीले कार्यालय बाटै नियाल्ने भएको छ । सदरमुकामका विभिन्न बजार क्षेत्रलाई कैद गर्ने गरी २० वटा सीसीटिभी जडान गरेसंगै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले त्यस्ता गतिविधि एउटै कोठामा बसेर नियाल्ने भएको हो ।
जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्दै अपराध नियन्त्रणका लागि सहजता ल्याउन बजार क्षेत्रमा सीसीटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द राज काफ्लेले बताउनुभयो । सिद्धिचरण नगरपालिकाको साझेदारीमा रमाइलोडाडा, मिलनचोक, नगरपालिका क्षेत्र, गणेशचोक, हटीया क्षेत्र, जिल्ला समन्वय समिति क्षेत्र, सिद्धिचरण पार्क परिषर, भैरवटोल लगायत बजारका मुख्य क्षेत्रहरुमा सीसीटिभी जडान गरिएको छ ।
बाँकी रहेका केही स्थानहरुमा थप सीसीटिभी जडान गर्ने योजना रहेको प्रनाउ काफ्लेले बताउनुभयो । नगरपालिका, उद्योग बाणिज्य संघ लगायतका सहयोगि निकायहरुसंगको आर्थिक सहयोगमा बाँकी काम पुरा गर्ने वाहाको भनाइ छ । बाँकी मूख्य स्थानमा सीसीटिभी जडान गर्नका लागि १० लाख आवश्यक रहेकाले सो रकम सहयोग गर्न विभिन्न साझेदारी संस्थाहरुलाई काफ्लेले आवहान गर्नुभएको छ । सीसीटिभी जडान पछि बजारक्षेत्रमा हुन सक्ने अवान्छीत
गतिविधिलाई एकै ठाउबाट रेकर्ड गर्न सकिने र अपराधजन्य गतिविधि भएको पाइएमा नियन्त्रण गरी कानुनी कारर्वाही गर्न तथ्य प्रमाणहरु जुटाउन सहज हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सीसीटिभी जडान गरिएपछि बजारक्षेत्रमा हुनसक्ने अव्यवस्थित यातायात तथा बजार व्यवस्थापन, चोरी डकैती, मादक पदार्थ सेवन गरी होहल्ला झैझगडा गर्ने लगायत गतिविधि प्रहरीले नियमित नियाल्ने गरेको छ । यस्ता गतिविधि बाट सम्बन्धीत सबैले सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ । यस अघि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु जिल्लाको प्रवेशद्धार हर्कपुर नाकामा हुनसक्ने विभिन्न आपराधिक गतिविधि नियन्त्रण प्रयोजनकालागि मानेभञ्ज्याङ गाउपालिका–७ हर्कपुरमा सीसीटिभी जडान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय र मानेभञ्ज्याङ गाउपालिकाको साझेदारीमा सीसीटिभी जडान गरिएपछि अपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ । आपराध अनुसन्धानलाई प्रविधियुक्त बनाउदै तथ्य प्रमाण सहित कानुनी कारर्वाही प्रकृयालाई सजिलो बनाउन, समाजमा शान्ति सु–व्यवस्थालाई मजबुद बनाउन सीसीटिभीले ठुलो सहयोग पुर्याउने पअेक्षा गरिएको छ ।










