कांग्रेस पदाधिकारी बैठक आज बस्दै राष्ट्रियसभा उपनिर्वाचनको बारेमा छलफल



कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने भएको हो ।

आजको बैठका राष्ट्रियसभाको उपनिर्वाचन केन्दृत हुने बताइएको छ ।

रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछी उनको ठाउमा जेठ ६ गतेका लागि उप निर्वाचन हुँदै छ ।

नेकपा एमालेले गृहमन्त्री समेत रहेका राम बाहादुर थापा बादललाई नै उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

तेस्तै आजको बैठकमा बिभिन्न प्रदेशहरुको सत्ता समिकरण र सरकार परिवर्तनअको बारेमा पनि छलफल गर्दै रणनिती तय गरिने भएको छ ।

कांग्रेसको केन्द्रिय समिती बैठक भोलीलाई आह्वान गरिएको छ ।

सोमबार बस्ने केन्द्रिय समिती बैठककको एजेन्डाबारे सहमति खोज्ने कसरत पनि आजको बैठकमा हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार  ३ : १९ बजे