एमाले बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट नहटेसम्म ओलीले जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि नमान्ने भएका छन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि मात्र एमाले एकता हुने नत्र नहुने भन्दै नेपालले विश्वासपात्रहरुलाई त्यस अनुसार तयार हुन भनिसकेको नेपाल निकट श्रोतले जानकारि दिएको छ।
ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने अडानमा नेपाल् अडिएको स्रोतले जानकारि दिएको छ। गत शनिबार भएको पत्रकारसँगको अन्र्तक्रियामा पनि नेपालले आफू प्रधानमन्त्रीको अफर आएपनि ब्याक नभएको स्मरण गराएका थिए । उनले अहिलेको विपक्षी गठबन्धनबाट आफू पछि नहट्ने स्पष्ट पारेका थिए ।
तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा उनले एक वक्तव्य जारी गरेर राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेकोले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आग्रह गर्दै ओलिसग तत्कालै नमिल्ने स्पस्ट परेका छन।
बिज्ञप्तिमा नेता नेपालले नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकतालाई आग्रह गरेका छन।नेपालले प्रधानमन्त्री ओलिलाइ लक्षित् गर्दै कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको उल्लेख गरेका छन।
“विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक –आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक वेथिती र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा आह्वानसहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।” बिज्ञप्तिमा भनिएको छ। मदन भण्डारीको ७०औं जन्मयन्तीमा शुभकामना दिदै नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आग्रह गर्नुलाइ अर्थपूर्ण मानिएको छ ।








