कांग्रेसका तीन नेताको बैठक चाक्सिबारीमा : केन्द्रीय सदस्यहरुसँग छलफल थाल्ने निर्णय



नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबिच आज भेटघाट भएको छ।नेता सिंहको निवास चाक्सीबारीमा तिन नेताबिच भेटघाट र आगामि महाधिबेशन केन्दृत छलफल भएको हो।

आजको तिन नेताको छलफल पछि आगामि छलफलका लागि शुक्रवार महामन्त्री कोइराला निवासमा केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको छ ।तेस्तै पार्टिका बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय तिन नेताले गरेका छन।

तीन नेताको छलफलपछि पूर्वमहामन्त्री प्रकाशमान सिंहले तीन नेताबाहेक अन्य नेतालाई पनि सहभागी गराएर लैजाने विषयमा छलफल भएको बताए ।छलफलपछि पत्रकारहरुसग कुरा गर्दै नेता सिंहले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कसको नेतृत्वमा मैदानमा जाने भन्नेबारे तीन नेताबीच छलफल भएको जानकारी दिँदै आफूहरुबीचको छलफलले कार्यकर्तामा उत्साह जागाएको उल्लेख् गरे ।

तीन नेताहरुले महाधिवेशन केन्द्रीय भएर असार ७ गते निधि निवास बानेश्वर र असार ११ गते कोइराला निवास महाराजगञ्जमा छलफल गरेका थिए। त्यस यता उनिहरुले लगातार छलफल् गर्दै आएका छन भने अब छलफलमा पार्टिका अन्य नेताहरुलाइ पनि सहभागि गराउदै लाने भएका छन।

प्रकाशित मिति : असार १५, २०७८ मंगलबार  ५ : ३४ बजे