एमाले बैठक बालुवाटारमा शुरु



नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ ।

यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ।

एमाले नेताहरुका अनुसार आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् ।

प्रकाशित मिति : असार १६, २०७८ बुधबार  १२ : ४७ बजे