माधव पक्षले बोलायो स्थायी समिति बैठक : ओलिको पछिल्लो निर्णय नमान्ने नेपाल पक्षका नेताहरुको भनाइ



एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटी भंग गर्दै नया कार्यबिभाजनसहित एमालेलाइ पुरानै अवस्थामा फर्काउन गरिएको भनेको निर्णयलाइ एमालेको माधव नेपाल समूहले नमान्ने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषणा गरेसँगै माधव समुहले उक्त निर्णयप्रति असन्तुष्टि जनाउदै आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको छ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता माधब नेपालले एमाले जेठ २ मा फर्किएपनि विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताएका छन। नेता नेपालले लोकतन्त्र र संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताउदै तत्कालै ओलिसग मिल्ने कुरालाइ इन्कार गरेका छन।

तेस्तै माधव नेपाल समूहका नेता घनश्याम भुसालले महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएकाले त्यसले गरेको निर्णय मान्य नहुने बताउँछन् ।‘कसलाई स्थायी कमिटीमा राख्ने र कसलाई केन्द्रीय कमिटीमा राख्ने भन्ने निर्णय महाधिवेशन आयोजक कमिटीले गर्नै सक्दैन,’ नेता भुसाल भन्छन्, ‘यो त मरिसकेको मान्छेले जिउँदोको बारेमा निर्णय गरेजस्तै भयो ।’

तेस्तै नेपाल समूहकी नेतृ तथा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसग छलफल नगरि महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी बैठक बोलाइएको र स्थायी कमिटी सदस्यहरू थप गरिएको निर्णय नमान्ने प्रतिक्रीया दिएकि छिन।

पछिल्लो समय एमाले मिलाउन लागिपरेका योगेश भट्टराइ र गोकर्ण बिष्ट लगायतका नेताले भने ओलिको पछिल्लो निर्णय प्रति कुनै प्रतिक्रीया जनाएका छैनन।उनिहरु एमालेको ओलि समुहसग नजिकिदै गएको माधब नेपाल समुहका नेताहरुले बताउने गरेका छन।

 

प्रकाशित मिति : असार १६, २०७८ बुधबार  ६ : ०१ बजे