सर्बोच्च अदालतको संविधानिक इजलासमा जारि प्रतिनिधि सभा विघटनविरुद्धका रिट निवेदनमाथिको बहसका क्रममा आज सरकारको तर्फबाटनिवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले आज बहस गरेका छन् ।
निवर्तमान महान्यायाधिवक्ता खरेलले संविधानको धारा ७६(५)लाई अन्य धारासँग जोडेर बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनिमाथि प्रश्न गरेका छन। इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र पूर्व महान्यायाधीवक्ता अग्नि खरेलबीचकोसवाल जवाफमा प्रधानन्यायाधीश जबराले ‘७६(५) मा दलको उपस्थिति आवश्यक छैन भन्ने तपाईंहरूकै साथीहरूले भनिरहनुभएको छ । ७६(५) र (२) बारे प्रष्ट पार्दिनुहोला’ भनेर आग्रह गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रश्न गर्दै भने, “संविधानका सबै धारा उपधारा स्वतन्त्र छन् । उपधारा ५ स्वतन्त्र हो भने अनि अरु धारासँग जोडेर पृथक तरिकाले व्याख्या गर्न मिल्छ?”प्रधानन्यायाधीश चोलेन्द्र र राणालाइ जवाफ फर्काउदै पूर्व महान्यायाधीवक्ता खरेलले भने ‘उपधारा (५) भित्र दलबाहेकको समर्थन प्राप्त हुनसक्छ । शेरबहादुर देउवाले दलको निर्णय गरेर जानुभाथ्यो । समर्थन चाहिदैनथ्यो भने माओवादी केन्द्रले समर्थन प्रदान गर्ने निर्णय गरेको छ । दलको निर्णय किन गर्न लगाएको? दलको समर्थन त चाहिदो रैछ।’ ‘
राणाले उपधारा ५ मा दलको र स्वतन्त्र समर्थन गरेर सरकार बन्न सक्ने भन्ने कुरा आएको छ यसलाई प्रष्ट पार्नुहोस्? भन्दै अर्को प्रश्न गरे।“ देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ अरु दलको पनि कसरी गल्ती भयो?,”
अहिले इजलासमा बहस चलिरहेको च्घ भने अब प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि निर्धारण गरिएको समय सकिदैछ। प्रधानमन्त्रीका कानुन व्यवासायीको बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवासायीले निर्धातिर एक घन्टा बहस गर्नेछन्।
त्यसपछि एमिकस क्युरीले आफ्नो राय राख्न दुई घन्टाको समय निर्धारण गरिएको छ । त्यसपछि कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस गरिनेछ । जसका लागि तीन घण्टा समय निर्धारण गरिएको छ ।








