कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा प्रदिप पौडेल नियुक्त



नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पार्टिका केन्द्रीय सदस्य प्रदिप पौडेल नियुक्त भएका छन् ।समितिको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

छानविन समितिमा संयोजक रमेश लेखक, सदस्यहरुमा प्रदिप पौडेल, कल्याण गुरुङ, श्याम घिमिरे, जीवन परियार, योगेन्द्र चौधरी र आनन्द ढुंगाना रहेका छन् ।

समितिलाइ देशैभरिका क्रियाशील सदस्यहरुको नामावली फाइनल गर्न आज सम्मको समय दिइएको थियो ।क्रियाशील सदस्यता बिबादका बिषयमा पार्टिका शिर्ष नेताहरुबिच हिजो मात्रै सहमती जुटाकाले देशैभरिका क्रियाशील सदस्यहरुको नामावली फाइनल गर्न अझै केहि समय लाग्ने समितिले जनाएको छ ।

प्रकाशित मिति : असार २०, २०७८ आइतबार  १ : २८ बजे