एमाले कार्यदल व्यूँताउन ओलि सहमत : कार्यदलको बैठक बस्दै



नेकपा एमालेको जारी बिबादमा प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी ओलि नेता माधब नेपाल समुहको सर्त मान्न तयार भएका छन । एकता प्रक्रीयाका लागि माधब नेपाल समुहले राखेको एकता कार्यदल पुनः ब्यूँताउन ओलि सहमत भएका छन । ओलि सहमत भएसगै कार्यदल पुनः ब्यूँतिएको छ भने कार्यदलको बैठक सोमबार बेलुका ६ बजे सिंहदरबारमा बस्दैछ ।

कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

पछिल्लो समय ओलि र नेपालबिच बिबाद बढ्दै जादा कार्यदलको बैठक बस्न सकेको थिएन । कार्यदल निस्क्रीय रहेपनी दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। दुवै पक्षका नेताहरुको छलफल पछी नेपाललाइ सहमतिको आग्रह गर्ने नेताहरुसमक्ष नेपालाले निस्क्रीय रहेको कार्यदलले छलफल थाल्नुपर्ने अडान राख्दै आएका थिए ।

प्रकाशित मिति : असार २१, २०७८ सोमबार  ६ : २० बजे