नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतलको आदेशले संविधान र लोकतन्त्र बचेको प्रतिक्रिया दिएका छन् ।सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णयपछि न्यू सञ्चारलाई प्रतिक्रिया दिंदै पौडेलले न्यायमूर्तिहरुको निर्णयले संविधान र लोकतन्त्र बचेको बताए ।
न्यायमूर्तिहरुलाई बधाइ छ, सर्वोच्चको आदेशले संविधान बच्यो, ७० वर्षदेखि जोगाउँदै ल्याएको लोकतन्त्र पनि बच्यो, मेरा मित्र शेरबहादुर जीलाई पनि बधाइ छ, यो जनताको जीत हो,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।
उनले पार्टीले अब सबै पक्षसँग छलफल गरी कसरी अगाडी बढ्ने विषयमा रणनीति बनाउने पनि जानकारी दिए ।उनका अनुसार अहिले केही बेरमा सभापति निवासमा विपक्षी गठवन्धन आबद्ध दलका नेताहरुकोसमेत बैठक बस्ने जानकारी दिए ।








