कांग्रेस महामन्त्री शशांक कोइरालाले सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको बताएका छन ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर ठहर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको फैसलापछी कोइरालाले यस्तो बताएका हुन ।
सामाजिका सञ्जालमार्फत प्रतिक्रीया दिदै कोइरालाले लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था भएको उल्लेख गरेका छन ।
सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको छ । उनले भनेका छन, लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था हो । सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु ।








