माधव नेपाल समूहका सांसद अराजक हुन् : ओली



प्रधानमन्त्री केपी ओलीले माधव नेपालसहित सो पक्षका सांसदलाई अराजक समूहको संज्ञा दिएका छन् ।

बालुवाटारबाट बाहिरिँदै गर्दा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आफ्नै पार्टीको सरकार ढलाउन गरेको हस्ताक्षर गरेकाहरु विद्रोही नभई अपराधी भएको उनको टिप्पणी थियो ।

प्रधानमन्त्री ओलीले पार्टी विभाजन र सरकार ढलाउन बाह्य शक्तिकेन्द्र समेत सक्रिय रहेको बताए ।

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  ३ : ५३ बजे