नारा-जुलुससहित बालुवाटारबाट यसरी निस्किए ओली



काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका छन्। सर्वोच्च अदालतको परमादेशसंगै ओलीले बुधबार वालुवाटार छाडेका हुन् ।

सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो।

‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ।

ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले हर्न बजाएर सवारी चलाउँदै नाराबाजी गर्दै मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन्।

झन्डै ४१ महिनापछि बालुवाटारबाट बाहिरएका ओलीलाई कौशलटारमा नागरिक अभिनन्दन गरिने भक्तपुरका सांसद महेश बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : असार ३०, २०७८ बुधबार  १२ : २२ बजे