बालकोटमा घन्कियो – माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे !



काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोटमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध नारावाजी सुरु भएको छ ।

बुधबार दिउँसो नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले ओलीलाई बाजागाजासहित र्याली र प्रदर्शन गरेर बालकोट पुर्याएका छन्।

बालकोटस्थित ओलीको घर पुग्नै लाग्दा कार्यकर्ताहरूले ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका थिए। अध्यक्ष ओलीलाई अझै १० वर्ष काम गर्न दिनुपर्ने, जनताको नेता केपी ओलीजस्ता नारा पनि उनीहरूले लगाएका थिए।

पानीमा भिज्दै एमाले कार्यकर्ताले अध्यक्ष ओलीलाई बालकोटमा स्वागत गरेका छन्।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित २६ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए।

प्रकाशित मिति : असार ३०, २०७८ बुधबार  १ : २९ बजे