काठमाडौं । मंगलबार प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले सपथ लगेसंगै कांग्रेसमा मन्त्री बन्ने होडबाजी नै चलेको छ । देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने तयारीको चर्चा भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कसको जिम्मा दिने विषयमा चर्चा सुरु भएको छ ।
कांग्रेस वृत्तमा पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई नै मन्त्री बनाउनुपर्ने लबिङ चलेपछि महाधिवेशनको छेकोमा थापालाई स्वास्थ्यमन्त्री दिएर कृष्णप्रसाद सिटौला समूहलाई रिझाउने प्रयासमा देउवा रहेको एक नेताले बताएपनि महामन्त्री शशांक कोइरालाले पनि स्वास्थ्य मन्त्रालयमा जान चाहेको ति नेताले बताए ।
कांग्रेसभित्र अहिले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मा गगन र शशांक मध्ये एकलाई दिनेगरी आन्तरिक तयारी थालिएपनि शशांकका सहयोगी भरत तिवारीले भने शशांक मन्त्री नबन्ने बताएका छन् ।
सिटौला गुटबाट गगन मन्त्री नबनेको अवस्थामा स्वास्थ्यमा भीमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना उच्च रहेको कांग्रेस वृत्तमा चर्चा छ ।








