काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुर्याएको युवा दस्ताले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् । बुधबार बालुवाटारबाट बालकोट पुर्याएका समूहका युवाहरुले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेका हुन् ।
सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ ।
आज मात्रै ओली समूहका युवाहरुले नेपाललाई फाँसी दिन माग गरेका थिए भने बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए ।








