निर्वाचन आयोगले चुनावका कार्यक्रम रद्द गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा सदस्य चुनावको मिती तोकेको थियो ।
प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । तर सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसलासँगै आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ ।
चुनावका सरकारले बजेट छुट्याएसंगै आयोगले केही कार्यक्रम अघि बढाएको थियो ।










