नेपाली कांग्रेसको महाधिवेशनको नजिकिदै जादा जिल्ला जिल्लामा चहलपहल र नेतृत्वका लागी दौड्धुप शुरु भएको छ ।साउन १२ गते देशैभरिका वडाबाट शुरु हुने १४औ महाधिवेशनको मिती नजिकिदै जादा काभ्रे जिल्लामा महाधिबेशन केन्दृत चहलपहल बढेको छ भने जिल्ला सभापतिको दौडमा रहेका नेताहरुले आ- आफ्नो पक्षमा लबिङलाई तिब्र बनाएका छन ।
नेपाली कांग्रेस काभ्रेमा पार्टी भित्रका दुइ प्रतिस्पर्धी समुहका नेताहरु मधु आचार्य र शिब हुमागाइ आ- आफ्नो समुहको बर्चस्व स्थापना गर्न लागिपरेका छन ।नेता आचार्य पार्टिका बारीष्ठ नेता रामचन्द्र पौडेल निकट हुन भने नेता शिब हुमागाइ कृष्ण सिटौलासग नजिक हुँदै हाल सभापती देउबा निकट रहेका छन ।
सभापती देउबाले पार्टिको केन्द्रिय सदस्य मनोनित गरेदेखी हुमागाइलाई देउबा निकट मानिदै आएको छ ।अबको महाधिबेशनमा उनले केन्द्रिय सदस्य लड्ने तयारी गरेकाले जिल्ला सभापतिको रुपमा जिल्लामा उनको चर्चा नरहेको काभ्रे कांग्रेसका एक नेताले न्यू सन्चारलाई बताए ।
नेता मधु आचार्यले पनि आफु केन्द्रिय सदस्य लड्न सक्ने बताउदै आएपनी उनि जिल्ला सभापतिमा दोहोरिन्छन भन्ने आकलन जिल्लामा ब्याप्त छ । जिल्ला सभापतिको प्रत्यासी बनेमा उनि जिल्ला सभापतिको मुख्य दाबेदार बन्नेछन ।उनी कांग्रेस काभ्रेका बर्तमान सभापती पनि हुन ।
तेस्तै पूर्व उधोग राज्यमन्त्री कञ्चनच्न्द्र बादे पनि जिल्ला सभापतिको उम्मेद्वारको रुपमा चर्चामा छन ।उनी नेता प्रकाशमान सिंह निकट मानिन्छन ।नेता मधु आचार्य र कञ्चनच्न्द्र बादे दुबै पार्टी संस्थापन इतरको एकै समुहमा रहेकाले दुबैजना उम्मेद्वार बन्ने सम्भबना नरहेको पनि कांग्रेस काभ्रेका नेताहरु बताउछन ।
आचार्य र बादेको बिचमा कुरा नमिले जिल्लामा दुबैको साझा उम्मेद्वारको रुपमा चिनिएका पाचखालका मेयर महेश खरेल उम्मेद्वार बन्न सक्ने जिल्लामा चर्चा छ । आचार्य र बादे दुबैलाई मनाउन खरेलले पछिल्लो समय दौडधुप बढाएको र उनि उम्मेद्वार बन्ने सम्भाबना प्रबल रहेको पनि कांग्रेस काभ्रेका नेताहरु बताउछन ।यदी आचार्य र बादेको समर्थनसगै उनि उम्मेद्वार बनेमा उनि जिल्ला सभापतिको सबैभन्दा बलियो उम्मेद्वार बन्नेछन ।
जिल्लामा कांग्रेस काभ्रेको सभापतिको रुपमा संबिधानसभा सदस्य तिर्थ लामा र पूर्व जिल्ला सभापती तिर्थ बहादुर पसखलको पनि चर्चा छ ।उनिहरु दुबैजना सभापती देउबा निकट मानिन्छन ।
उनिहरु मध्य संबिधानसभा सदस्य एबम नेता तिर्था लामा उम्मेद्वार बन्ने बढी सम्भाबना रहेको बताइन्छ ।देउबा समुहबाट उम्मेद्वार बन्ने लामालाई जिल्लाका केन्द्रिय सदस्य शिब हुमागाइको सहयोग र समर्थन रहने कांग्रेस काभ्रेका नेताहरु बताउछन ।








