महामन्त्री डा . कोइराला निवासको बैठक सकियो : छलफल आगामी महाधिबेशनमा केन्दृत



कांग्रेस महाधिवेशन र सरकारमा पार्टिको सहभागिताबारे छलफल गर्न महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठक सकिएको छ ।बैठकमा भोली हुने पदाधिकारी बैठकबाट पार्टिको कृयाशिल सदस्यता बिबाद कसरी मिलाउने र महाधिबेशन कसरी सुनिष्चित गर्ने भन्ने बारेमा छलफल भएको बैठकपछी सहभागी एक नेताले जानकारी दिए ।

सरकारमा पार्टिको सहभागिताबारे सामान्य छलफल भएपनी सरकारमा पठाउने ब्यक्तिकाबारेमा आजको बैठकमा खासै छलफल नभएको उनले बताए ।प्रधानमन्त्री एबम पार्टी सभापती देउबाले कुन कुन मन्त्रालय र कतीवटा मन्त्रालय दिने भन्ने स्पस्ट प्रस्ताब नगरेकोले सरकारका बारेमा खासै छलफल नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री एबम पार्टी सभापती देउबाले कांग्रेस महाधिवेशन र सरकारमा पार्टिको सहभागिताबारे छलफल गर्न भोली पदाधिकारी बैठक बोलाएका छन । त्यसैको पूर्वसन्ध्यामा भोलिको बैठकको तयारिस्वरुप प्रधानमन्त्री एबम  सभापती देउबा इतरका नेताहरुले महामन्त्री डा .  कोइरालाको निवास महाराजगञ्जमा आज छलफल गरेका हुन ।

 

 

 

 

 

प्रकाशित मिति : असार ३१, २०७८ बिहिबार  ६ : ४५ बजे