नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथी अन्याय भएको बताएका छन् । शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले आफूहरूमाथि अन्याय भएको बताएका हुन्।
‘हामीमाथि अन्याय भयो तर अन्याय भए पनि फैसला कार्यान्वयन गर्छौं,’ उनले भने, ‘अब हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं।’
बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुनेछ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले गरेको फैसलाको एमालेमा ओली समूहले आलोचना गरेको छ भने हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।
यसैबीच नेपाल पक्षले आजको बैठक रोक्न अनुरोध गरेको थियो। नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बिहीबार नै छलफल र परामर्श गरेर सहमतिमा बैठक राख्नु उपयुक्त हुने बताएका थिए। आफूहरूको असहमतिकै बीच बैठक राखे त्यसले पार्टी एकता प्रक्रियालाई सहयोग नगर्ने उनीहरूको भनाइ छ।
तर ज्ञवालीले नेपाल पक्षको आग्रहमा यसअघि नै बैठक स्थगित भइसकेकाले भन्दै आजको बैठक नरोकिने बताएका थिए।








