काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु पुगेका छन् । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाएको स्थायी कमिटी बैठकमा नेपाल समूहका नेताहरु पुगेका हुन् ।
माधव नेपाल समूहका नेताहरु नआउँदै बैठक सुरु भएपनि बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका छन् । बैठकमा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे पुगेका हुन् ।
बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आएको नेताहरुले बताएका छन् । ओली पक्षका नेताहरुले नमानेपछि उनिहरु बैठक स्थलबाट बाहिएका छन् । पार्टीका उपाध्यक्ष भिम रावलका अनुसार नेपाल पक्षलाई अध्यक्ष केपि शर्मा ओलीले माइन्युटमा हस्ताक्षर गर्न दवाव दिएका थिए ।








