बैठकमा उपस्थित भएनन् वामदेव गौतम



नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम एमाले स्थायी कमिटीको बैठकमा अनुपस्थित भएका छन् । शुक्रवार बसेको बैठकमा नेता गौतम अनुपस्थित भएका हुन् ।

असार १८ र १९ गते बसेको केन्द्रीय कमिटी बैठक र असार २८ गते बालुवाटारमा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा गौतम सहभागी थिए । शुक्रवारको स्थायी कमिटी बैठक शुरू भएको एक घण्टासम्म गौतम उपस्थित भएका छैनन् ।

असार १८ गते केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गौतमले आफू कुनै पक्षमा नलागेको र एकताको पक्षमा लाग्ने बताएका थिए ।

अध्यक्ष ओलीले एकलौटी रुपमा आफ्नो कदम अघि बढाएको भन्दै बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आएको नेपालपक्षका नेताहरु पनि बाहिएा छन् । ओली पक्षका नेताहरुले नमानेपछि उनिहरु बैठक स्थलबाट बाहिएका हुन्। पार्टीका उपाध्यक्ष भिम रावलका अनुसार नेपाल पक्षलाई अध्यक्ष केपि शर्मा ओलीले माइन्युटमा हस्ताक्षर गर्न दवाव दिएका थिए ।

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  १२ : ५७ बजे