गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सो निर्देशन दिएका हुन् । सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन शुक्रबार निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्। स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कोरोनाविरूद्ध खोप लगाउन पनि प्रधानमन्त्री देउवाको आग्रह छ।








