प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका संसदीय दलका बैठक बस्दै छन्।देउवा माओवादी केन्द्र, जसपा यादव पक्ष र एमाले माधवकुमार नेपाल पक्षका सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।
प्रधानमन्त्री देउवाले पुनःस्थापनापछि पहिलोपटक आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनुअघि तीनै पार्टीले आफ्ना संसदीय दलका बैठक राख्ने भएका हुन्।
सम्बन्धित पार्टीका अनुसार माओवादी केन्द्रले अहिले बिहान ११ बजे, जसपाले दिउँसो १ बजे र कांग्रेसले दिउँसो २ बजे संसदीय दलका बैठक राख्दै छन्।








