देउवाका ज्योतिषीले फेरी गरे अर्को यस्तो भविष्यवाणी, अब के हुन्छ ?



नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् । उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ दिन भएको बताएका हुन्।

शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लागि आजको दिन विशेष कार्य सिद्धिको योग परेको ज्योतिषी रिजालले बताएका छन् । उनले सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु शुभ भएको उल्लेख गर्दै नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने बताएका छन् ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अन्तर्गत प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने तयारी थालेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्तिको परमादेश दिए संगै देउवाका ज्योतिष सुरेश चन्द्र रिजालको चौतर्फी खोजी हुन थाल्यो ।

प्युठानमा बसिरहेका ज्योतिष सुरेश चन्द्र रिजाल रातारात काठमाडौं आएर र बुढानिलकण्ठ पुगेर भने, ‘शेर बहादुर देउवाले विश्वासको मत पनि पाउनु हुन्छ ।’

ज्योतिष सुरेश चन्द्र रिजालले क्यानडा नेपालसंग कुराकानी गर्दै भने, ‘शेर बहादुर देउवाले विश्वासको मत पाउनु हुने योग छ । जसले अहिले शेर बहादुर देउवालाई विश्वासको मत दिएर साथ दिन्छन् वहाँहरुलाई पनि फलिफाप हुने योग छ । देउवा जीले एक महिना पनि कुर्नु नपर्ने देखिन्छ विश्वासको मत लिन ।’

प्रकाशित मिति : श्रावण ३, २०७८ आइतबार  १२ : ०२ बजे