‘प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव कहाँबाट आयो’



एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा पार्टीको गठित विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यहरु पुगेका छन् । आइतबार बिहान नेपाल निवास पुगेर विघटित कार्यदलमा रहेका नेताहरूले नेपाललाई एकाएक आजै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने प्रस्ताव कहाँबाट आयो भनेर प्रश्न गरेका हुन् ।

नेपालसँगको छलफलपछि कार्यदलमा रहेका सांसद गोकर्ण बिष्टले आफूहरूले १० बुँदे सहमति कार्यान्वयनका लागि नेपाललाई आग्रह गरेको बताए। स्रोतका अनुसार नेता नेपालले यस विषयमा कुनै जवाफ दिएनन्।

‘हामीले हिजो अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पनि कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्न भनेका थियौं,’ बिष्टले भने,‘आज माधव कमरेडलाई पनि १० बुँदेको कार्यान्वयनमा सबै इमानदार हुनुपर्ने बतायौं।’

कार्यदलमा रहेका दुबै पक्षका सदस्यहरू शनिबार ओलीलाई भेट्न उनको निवास बालकोट र आइतबार नेपाललाई भेट्न गएका थिए।

प्रकाशित मिति : श्रावण ३, २०७८ आइतबार  १२ : ४३ बजे