नेपाली काँग्रेसका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकास सिंह कार्किले कांङ्ग्रेसले चुनाब हार्दा सोलुखुम्बु जिल्ला बिकाशमा पछी परेको दाबी गरेका छन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका काठमाण्डौमा उपलब्ध नेता- कार्यकर्ताहरुको भेटघाट तथा अन्तर्क्रीया कार्यक्रममा बोल्दै नेता कार्कीले यस्तो दाबी गरेका हुन ।
उनले जिल्लामा भ्रष्टाचार बढेको जननगुनासो ब्याप्त रहेको उल्लेख गर्दै कांङ्ग्रेस हार्दा जिल्लाको चौतर्फी बिकाश र सुसाशन अघी बढ्न नसकेको जिकिर गरे । जिल्लामा जनभाबना अनुसार बिकाश अघी बढाउन र सुसाशन स्थापना गर्न काँग्रेस पार्टी बलियो हुपर्नेमा जोड दिदै बलियो काँग्रेस बन्नका लागी आगामी अधिबेशनबाट सक्षम नेतृत्व छनोट हुनुपर्ने कार्कीले बताए ।

अबको अधिबेशनबाट सबैलाई समेटेर जान सक्ने सक्षम र योग्य नेतृत्व छान्नुपर्नेमा जोड दिदै कांङ्ग्रेसको उद्योग बाणिज्य विभागका केन्द्रीय सदस्य समेत रहेका नेता कार्कीले पार्टीका सबैको योग्यता, क्षमता र सान्दर्भिकता हेरेर नेतृत्व चयन गर्न सबैलाई आग्रह गरे ।उनले आगामी अधिबेशनबाट सोलुखुम्बुमा कांङ्ग्रेस एक ढिक्का र संस्थागत हुने दाबी गर्दै भने,”अब पार्टी एक ढिक्का बनाएर बिधानसम्म्वत बनाउनुको बिकल्प छैन,आगामी महाधिबेशनबाट पार्टी एकताबद्द र संस्थागत बनाउनुपर्छ ।”
कार्यक्रममा कांङ्ग्रेस नेताहरु आङछिरिङ शेर्पा, रामबहादुर बस्नेत, मनोज खड्का,डोल्मा तामाङ, निमा शेर्पा, तेजनारायण श्रेष्ठ, नैनबहादुर कार्की लगायतले आ- आफ्नो धारणा राखेका थिए ।








