नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सकिएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आज अपरान्ह ४ बजे विश्वासको मत लिँदैछन्।
बैठकबाट बाहिदै नेता मातृका यादवले अहिले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र माओवादी केन्द्रबाट अहिले मन्त्रीमा जानेको टुंगो नलागेको बताएका हुन् ।
सर्वोच्च अदालतले शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्तको परामादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २९ असारमा देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन्।








