एकाएक किन लिए प्रधानमन्त्री देउवाले यस्तो निर्णय,होला त निर्णय कार्यान्वयन



प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री पार्टीको कुनै पनि बैठक बालुवाटारमा नराख्ने बताएका छन् । प्रधानमन्त्री भएलगत्तै पार्टीको बैठक बालुवाटारमा राखेपछि प्रधानमन्त्री देउवा आलोचित भएका थिए ।

सोमवार बिहान नेता थापाले ट्वीटरमा भनेका छन्,’प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उ हाँलेपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ।’

यस्तै प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका छन् । विश्वासको मत दिएका दललाई समेटेर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्री नियुक्त गरेर आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । गृह मन्त्रालयमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, उर्जा मन्त्रालयमा पम्फा भुसाल र कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्रालयमा ज्ञानेन्द्र कार्कीलाई शुरू कै दिन शपथ गराइएको थियो ।

विश्वासको मत लिएपछि विस्तार गर्ने भन्दै शुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाइएको थियो ।

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष, माओवादी र पार्टीका केही सदस्य थपेर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका र विश्वासको मत दिएका एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुन राजी भएमा उनीहरुलाई समेत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको योजना छ ।

आइतवार राति संसदबाट बाहिरिने क्रममा सरकारमा सहभागिताको विषयमा सोधिएको प्रश्नमा नेता नेपालले प्रतिक्रिया दिएनन् । सरकारलाई विश्वासको मत दिए पनि जसपाको महन्थ ठाकुर पक्ष भने सरकारमा सहभागी नहुने बताएको छ ।

आइतवार प्रतिनिधि सभामा देउवाले १६५ सांसदको समर्थनसहित विश्वासको मत जितेका थिए । प्रतिनिधि सभामा विश्वासको मत जितेसँगै प्रतिनिधि सभाले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्ने आधार पाएको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ९ : २८ बजे