एमसीसी पारितबारे प्रचण्डले गरे यस्तो खुलासा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् ।

एक टेलिभिजनमा कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गर्न सकिने बताए । उनले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताए ।

दाहालले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।’

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  १० : ०४ बजे