नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । सोमबार ललितपुरको च्यासलमा सुरु भएको बैठकलाई दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ ।
गएको २३ फागुनमा एमाले पुनस्थापना भएपछि ओलीले एक्लौटी बैठक राख्दै आएका थिए । गएको १८ असारमा मात्रै १३औं केन्द्रीय कमिटी बैठक राखिएको थियो ।
पार्टी एकता जोगाउने गरी दश बुँदे सहमति भएपछि बसेको पहिलो बैठकलाई दशौं बैठक भनिएको हो । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअगाडि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।








